सुदूरपश्चिमबाट ‘मार्चपास’ सुरु गरेका मिटरब्याजीपीडित नवलपरासी पुगे

धनगढी : न्यायको माग गर्दै मार्चपास आन्दोलन सुरु गरेका मिटरब्याजीपीडित नवलपरासी पुगेका छन्।

शनिबार १२ औँ दिनमा बर्दघाट पुगेका उनीहरुले आज आइतबार त्यहीँ आराम गर्ने छन्। माघ १६ गते कन्चनपुरको गड्डाचौकीबाट मार्च पास सुरु गरेका मिटरव्याजीपीडितहरू करिब ४ सय ५० किलोमिटर दूरी पैदल यात्रा गर्दै नवलपरासी पुगेका हुन्।

सरकारले बनाएको जाँचबुझ आयोगबाट पनि न्याय नपाएको भन्दै पीडितहरु निर्णायक आन्दोलन भन्दै मार्चपासमा निस्किएका हुन्। संघर्ष समितिले मिटरब्याजसम्बन्धी कानुन संशोधन र न्यायिक आयोग गठन गर्नुपर्नेलगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेकोे संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए।

पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर संयुक्तरूपमा काठमाडौं पुग्नेछन्।

पैदल यात्रामा रहेका अधिकांशमा खुट्टा सुन्निने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ।

Deep Jyoti Pustak psl
Loading...