धनगढी : कैलालीको गोदावरीबाट काठसहित एक जना पक्राउ परेका छन्।
सोमवार गोदावरी सब डिभिजन वन कार्यलयको टोलिले गोदावरी नगरपालिका–४ बाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानको लागि सशस्त्र वन सुरक्षा साखा धनगढीलाई जिम्मा लगाइएको कार्यालयले जनाएको छ।
