कञ्चनपुरमा उखुबारीमा आगलागी हुँदा २ लाख बढीको क्षति

कञ्चनुर : कञ्चनपुरमा मंगलवार एक किसानको उखुबारीमा आगलागी भएको छ।

बेलौरी नगरपालिका ५ बन्त्तरियाका चन्द्रलाल चौधरीको २७ कट्टा जग्गामा रहेको उखुबारी आगलागी भएको हो।

सोही ठाउँका रामजन रानाले आफ्नो उखुबारीमा लगाएको आगो अचानक सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ।

उखुबारीमा भएको आगलागीबाट अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

Deep Jyoti Pustak psl
Loading...