अत्तरिया : कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको हो ।
संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए ।
उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताए ।
प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको संघका महासचिव शंकर खड्काले बताएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जिल्ला प्रशासनबाट अनुसन्धानका लागि बुधबार पत्र पुगेको बताए ।
सम्बन्धित समाचारहरु
अत्तरिया उद्योग वाणिज्य संघमा व्यवसायीले लगाएको ताला प्रहरीले खोल्यो
नक्कली टिकट ठेलीको यथाशिघ्र छानविन गर्न स्ववियुको माग
अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी
नक्कली टिकट ठेलीको छानबिनका लागि संघले दियो जिल्ला प्रशासनमा निवेदन
अत्तरिया महोत्सवमा २८ वटा नक्कली टिकट ठेली कसरी भित्रिए ?
अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली भेटिए
अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली भेटिए
