नक्कली टिकट ठेली प्रकरण : जाहेरी नदिदा रोकियो थप अनुसन्धान

अत्तरिया : कैलालीको अत्तरिया महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा जाहेरी नदिदा अनुसन्धानमा अलमल भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रहरीमा जाहेरी नदिदा अनुसन्धान अलमलिएको हो ।

अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको अनुसन्धानका लागि प्रहरीले आइतबार सबैको बयान सकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय कैलालीमा संघले दिएको निवेदनको आधारमा सोधपुछको काम सकिएको बताएको छ ।

थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । जिल्ला प्रशासनबाट आएको निर्देशन अनुसार सोधपुछ गरिसकेको भएपनि थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने उनले बताए । संघले जाहेरी नदिएको खण्डमा भने अनुसन्धान अघि बढाउन कठीनाई हुने उनको भनाई छ ।

यता अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराका अनुसार यो बिषयमा प्रसासनले आफै गर्ने बताए । उनले प्रसासनले जे गर्छ आफै गर्ने बताएका छन् । ‘प्रहरीले जाहेरी दिन भनेको हो,हामीले दोषी पत्ता नलागी कसको नाममा जाहेरी दिने’ अध्यक्ष बोहराले भने ।

पदाधिकारीले नक्कली टिकट ठेली प्रकरणमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भएपनि प्रहरीमा जाहेरी दिन भने आनाकानी गरेको छ । प्रहरीमा जाहेरी नआएपछि नक्कली टिकट प्रकरणको अनुसन्धानमा अन्योल बढेको छ ।

उता प्रहरीले संघका पदाधिकारीलाई मंगलबार पुनः जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ । संघ भित्रका केही पदाधिकारीले सत्यतथ्य पत्ता लाउन आफुहरु भित्र बस्न तयार रहेको प्रहरी समक्ष बयान दिएका छन् ।

अत्तरियामा यहि पौष २६ गते देखी माघ ७ गते सम्म सञ्चालन भएको सूदुरपश्चिम प्रादेशिक महोत्सवमा सञ्चालनका क्रममा आठौंदिनमा २८ ओटा नक्कली टिकट ठेली भेटिएको थियो । उक्त ठेली भेटिएपछि संघले जिल्ला प्रसासन कार्यालयमा निवेदन दिएर छानविन गरिदिन भन्दै अनुरोध गरेको थियो । महोत्सवमा संघकै पदाधिकारीले नक्कली ठेली बरामद गरेका थिए । ती नक्कली ठेली प्रहरीलाई बुझाइसकिएको छ ।

यो पनि पढ्नुहोस् ।

अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली भेटिए

महोत्सवमा भेटिएको नक्कली टिकट ठेली बारे छानबिन हुन्छ : आयोजक

अत्तरिया महोत्सवमा २८ वटा नक्कली टिकट ठेली कसरी भित्रिए ?

नक्कली टिकट ठेलीको छानबिनका लागि संघले दियो जिल्ला प्रशासनमा निवेदन

अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी

अत्तरिया उद्योग वाणिज्य संघमा व्यवसायीले लगाएको ताला प्रहरीले खोल्यो

नक्कली टिकट ठेली प्रकरण : अनुसन्धानका लागि सिडियोको प्रहरीलाई पत्र

नक्कली टिकट ठेलीको यथाशिघ्र छानविन गर्न स्ववियुको माग

नक्कली टिकट ठेली प्रकरण : छानविनका लागि दवाव दिन संघर्ष समिति गठन

अत्तरिया उद्योग वाणिज्य संघका ३ जना सल्लाहकारले राजीनामा दिने

नक्कली टिकट ठेली प्रकरण : संघर्ष समितिद्धारा छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध

नक्कली टिकट ठेली प्रकरणः छानविन गर्न माग गर्दै व्यवसायीले बुझाए प्रशासनलाई ज्ञापन पत्र

Loading...